कैलालीको घोडाघोडी नगरपालिका–८ मा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ ।
सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका २८ वर्षीय केशरसिंह बुढाको शुक्रबार राति खाजा पसलमा रक्सी खानेक्रममा विवाद भएपछि हत्या गरिएको बताइएको छ ।
हत्यामा संलग्न आरोपमा १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले धारिलो हतियारले बुढाको टाउको छुट्याएर साेही टाउको बोकेर राति इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी चौकी पुगेको बताइएको छ ।
प्रहरीका अनुसार हत्यामा प्रयोग गरिएको हतियार बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।