राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिसँग छलफल गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहान १० बजे निर्धारण गरिएको उक्त बैठकमा प्रधानमन्त्री कार्की र जेनजीका विभिन्न समूहका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।
जेनजीका एक प्रतिनिधिले पनि छलफलका लागि राष्ट्रपति कार्यालयबाट निमन्त्रण प्राप्त भएको पुष्टि गरेका छन् । उनका अनुसार सुदन गुरुङसहित जेनजीका विभिन्न धारका प्रतिनिधिहरू छलफलमा सहभागी हुनेछन् ।
यसअघि शुक्रबार राष्ट्रपति पौडेलले प्रधानमन्त्री, प्रमुख दलका नेताहरू र सरकारका प्रतिनिधिसँग राजनीतिक सम्वाद गरेका थिए । सो अवसरमा उनले आगामी फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सबै पक्षको सक्रिय सहभागिता र सहकार्यका लागि आग्रह गरेका थिए ।
निर्वाचन मिति घोषणा भइसके पनि सरकारले राजनीतिक दलहरूसँग औपचारिक संवाद अघि नबढाएको भन्दै प्रधानमन्त्री कार्कीको पहलमा राष्ट्रपति पौडेलले संयुक्त छलफल आयोजना गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।