१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धी को ?

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्स चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति ओमान र पिएनजीको खेल सकिएसँगै सुपर सिक्स समीकरण पूरा भएको हो ।


यसपालि पहिलोपटक ९ टिमले एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा संयुक्तरूपमा प्रतिस्पर्धा गरे, जसमध्ये नेपाल, यूएई, ओमान, कतार, जापान र सामोआले सुपर सिक्समा स्थान बनाए ।



गत विश्वकप खेलेको पिएनजी भने समूह चरणबाट घर फर्कियो । यस्तै, कुवेत र मलेसिया पनि ग्रुप स्टेजबाटै बाहिरिए । अब सुपर सिक्सको खेल आइतबारदेखि सुरु हुने छन् । सुपर सिक्सको पहिलो खेलमा कतार र ओमान भिड्ने छन् । 

यस्तै, दोस्रो खेलमा नेपाल र यूएई तथा तेस्रो खेलमा जापान र सामोआ आमनेसामने हुने छन् ।  यी तीनवटै खेल आइतबार हुने तालिका छ । यस्तै, सुपर सिक्सको चौथो खेलमा ओमान र यूएई तथा पाँचौं म्याचमा नेपाल र कतार एकअर्काको सामना गर्ने छन् । यी दुईवटा खेल सोमबार हुने तालिका छ । 



यस्तै, छैटौँ खेलमा कतार र जापान, सातौं खेलमा यूएई र सामोआ र आठौँ म्याचमा नेपाल र ओमान प्रतिस्पर्धा गर्ने छन् । उक्त तीनवटा खेल बुधबार हुने तालिका छ । यस्तै, नवौँ खेलमा यूएई र जापान तथा कतार र सामोआ प्रतिस्पर्धा गर्ने छन् । उक्त दुई म्याच बिहीबार हुने छन् ।

यस्तै, शुक्रबार हुने खेलमा ओमान र जापान तथा नेपाल र सामोआ आमने–सामने हुने छन् । सुपर सिक्समा प्रत्येक टिमले समान चार म्याच खेल्न पाउने छन् । र, तालिकाको शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउने छन् । अहिलेसम्म आसन्न विश्वकपका लागि १७ देशले स्थान सुरक्षित गरेका छन् । 

विश्वकपमा स्थान बनाउने टिममा भारत, श्रीलंका, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, पाकिस्तान, वेस्ट इण्डिज, आयरल्याण्ड, अमेरिका, जिम्बाब्वे, नेदरल्याण्ड्स, नामिबिया, इटाली र क्यानडा रहेका छन् । अब तीन स्थानका लागि ठाउँ खाली छ । यही १७ अक्टोबरसम्म विश्वकप खेल्ने २० टिमकै टुंगो लाग्नेछ ।

नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रोपटक विश्वकपमा स्थान बनाउने अभियानमा छ । १०औँ संस्करणको टी–२० विश्वकप आउँदो वर्षको ७ फ्रेबुअरीदेखि ८ मार्चसम्म आयोजना गरिनेछ । विश्वकपमा कुल ५५ म्याच हुने छन् । 



  • प्रकाशित मिति : २५ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया