२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

के आधारमा प्रचण्डसँग अरू नेताको तुलना हुन्छ ?
फाइल तस्बिर

नेपालको राजनीति सधैं उतार चढावले भरिएको छ । कहिले राजतन्त्रको जरो मजबुत पार्ने प्रयास भयो, कहिले नयाँ संविधानको नाममा पुरानै सोचलाई पुनःस्थापित गर्ने प्रयास भयो । यिनै सबै उतारचढाव बीच एउटा नाम निरन्तर चर्चामा रह्यो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।


प्रचण्ड केवल एउटा दलका नेता मात्र होइनन्, उनी एक युगका प्रतिनिधि हुन् । उनको राजनीतिक यात्रामा असफलता पनि छन्, आलोचना पनि छन् । तर, त्योभन्दा ठूलो कुरा छ, प्रचण्डसँग ‘जनतासँग प्रत्यक्ष जोडिएको दृष्टिकोण’ ।



आज जब देउवा वा ओलीजस्ता नेताहरूसँग उनको तुलना हुन्छ, प्रश्न उठ्छ, ‘साँच्चै यो तुलना सम्भव छ त ?’ देउवा सधैं सत्ता समीकरणको हिसाबकिताबमा व्यस्त देखिन्छन् । उनको राजनीतिमा नयाँपनभन्दा स्थायित्वको बहाना बढी देखिन्छ । ओलीले राष्ट्रवादलाई राजनीतिक अस्त्र बनाए पनि त्यो अन्ततः व्यक्तिगत सत्ताको घेराभित्रै सीमित हुन्छ । तर, प्रचण्ड भने हरेकचोटि फरक एजेन्डासहित अगाडि आउँछन् ।

उनी प्रत्यक्ष जनताबाट निर्वाचित राष्ट्रप्रमुखको पक्षमा उभिन्छन् । यसो गर्नु भनेको केवल कुर्सी बदल्ने कुरा होइन, जनतालाई सशक्त बनाउने ऐतिहासिक दृष्टिसमेत हो । उनले पूर्ण समानुपातिक प्रणालीको वकालत गरेका छन्, जसले महिला, दलित, मधेसी, जनजाति र सीमान्तकृत वर्गलाई नेपालको राजनीतिक मूलधारमा ल्याउने बाटो खोल्छ ।



जेनजी आन्दोलनले देश फेरि हलचलमा परेको बेला प्रचण्ड नै त्यस्तो नेतृत्व हुन्, जसले विद्रोही आवाजलाई बुझ्ने, त्यसलाई सही दिशा दिने र राजनीतिक समाधान खोज्ने प्रयत्न गरिरहे । संविधान संकटमा परेका क्षणमा पनि प्रचण्डले अग्रपंक्तिमा उभिएर त्यसको रक्षाको निमित्त सतिसालको रूपमा उभिए ।

प्रचण्डले न्यायालयलाई पुनः संरचना गर्नुपर्ने कुरा बारम्बार दोहोर्याएका छन् । यो सामान्य माग होइन बरु त्यो प्रणालीगत असमानता विरुद्धको विद्रोह हो, जसले न्यायलाई पहुँचवालाको बगैँचा बनाएको छ । 

नेपालमा गणतन्त्र सम्भव छ भन्ने सपना देखाउने, त्यो सपना संस्थागत गर्ने र राजतन्त्रलाई इतिहासमा सीमित पार्ने साहसिक कदम प्रचण्डकै नेतृत्वमा भएको थियो । यो कुरा इतिहासले कहिले बिर्सने छैन । 

उनको सोच केवल राजनीतिक कुर्सीमा सीमित छैन । देशलाई उज्यालो बनाउने सपना उनले व्यवहारमा उतारे । कुलमान घिसिङलाई ल्याउने पहलले नेपाली जनतालाई उज्यालो नेपालको उपलब्धि दिएको थियो । लोडसेडिङ अन्त्य हुनु केवल बिजुली आउने कुरा मात्र थिएन, त्यो नेपाली जनताले आफ्नो जीवनमा परिवर्तन सम्भव छ भन्ने आशा पलाएको क्षण थियो ।



भ्रष्टाचारविरुद्धको उनको धारणा पनि पृथक छ । उनले २०४८ सालदेखि आजसम्मका आफु लगाएत सबै नेताको सम्पत्ति छानबिन आफैँबाट सुरु गर्ने प्रस्ताव गरे । यति साहसिक घोषणा अन्य नेताबाट कहिल्यै आएको छैन । उनको दृष्टिकोण वैज्ञानिक समाजवादतर्फ केन्द्रित छ । यो नारा मात्र होइन यो नेपाली समाजलाई समानता, अवसर र न्याय दिलाउने वैचारिक यात्रा हो ।

त्यसैले प्रश्न फेरि त्यहीँ आइपुग्छ, ‘प्रचण्डलाई देउवा वा ओलीसँग तुलना कसरी सम्भव हुन्छ ?’

जहाँ सत्ता मात्र राजनीति हो, जहाँ स्वार्थ मात्र लक्ष्य हो, जहाँ पुरानो ढर्रा मात्र दोहोरिन्छ, त्यहाँ प्रचण्डको जनवादी सोच फिट हुँदैन । मिल्दैन र मिल्नै सक्दैन । प्रचण्डलाई ठाउँ खोजेर आलोचना गर्ने प्रशस्त छन् । तर, दृष्टि र योगदानलाई नदेख्ने हो भने त्यो इतिहास माथि अन्याय हुन्छ । 

आजको नेपाली राजनीति नयाँ पुस्ताले हेर्दा एउटा कुरा समान देखिन्छः देउवा, प्रचण्ड र ओली अतीतको प्रतिनिधित्व गर्छन् । तर, यथार्थमा प्रचण्ड अझै नेपालको भविष्यको आशा बोकेर हिँडिरहेका एकमात्र जिउँदो इतिहास हुन् ।

प्रचण्डको राजनीतिक यात्रा कुनै साधारण कथा होइन यो एक ऐतिहासिक आन्दोलनको निरन्तरता हो । जनयुद्धको कठिन बाटो हुँदै उनले सामन्तवाद र राजतन्त्रको जरो उखेल्न नेतृत्वदायी भुमिका खेल्दै  नयाँ नेपालको सपना बोकेर आए । जेन जी आन्दोलनले देश फेरि हलचलमा परेको बेला प्रचण्ड नै त्यस्तो नेतृत्व हुन्, जसले विद्रोही आवाजलाई बुझ्ने, त्यसलाई सही दिशा दिने र राजनीतिक समाधान खोज्ने प्रयत्न गरिरहे ।

संविधान संकटमा परेका क्षणमा पनि प्रचण्डले अग्रपंक्तिमा उभिएर त्यसको रक्षाको निमित्त सतिसालको रूपमा उभिए । उनले यो संविधानलाई केवल कागजको दस्तावेज नभई जनताको बलिदानल बनेको उपलब्धि ठान्ने गर्छन् । यही कारणले प्रचण्डको योगदानलाई देउवा वा ओलीसँग तुलना गर्नु केवल अनुचित मात्र होइन इतिहासप्रति अपमान पनि हुनसक्छ । 

अरू नेताहरू जहाँ सत्ता र स्वार्थको घेराभित्र सीमित छन् । तर, प्रचण्डको यात्रा भने विद्रोह, परिवर्तन र संविधानको सुरक्षासम्म जोडिएको छ । आजको नेपाली राजनीति नयाँ पुस्ताले हेर्दा एउटा कुरा समान देखिन्छः देउवा, प्रचण्ड र ओली अतीतको प्रतिनिधित्व गर्छन् । तर, यथार्थमा प्रचण्ड अझै नेपालको भविष्यको आशा बोकेर हिँडिरहेका एकमात्र जिउदो इतिहास हुन् ।  त्यसैले प्रचण्ड र अरू परम्परागत नेताको तुलना कदापि हुन सक्दैन ।

  • प्रकाशित मिति : २५ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया