मन्त्रिपरिषदमा समावेश हुने चर्चा चलेकी टासी ल्हाजोम मन्त्री बन्ने सूचीमा परेपछि विवादमा परेकी छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी टासीलाई दिने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि उनको नामलाई लिएर असन्तुष्टि देखिएको हो ।
जेनजीका तर्फबाट कर्णाली संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासीको नागरिकता स्पष्ट नभएको र जेनजी आन्दोलनमा उनी सक्रिय नदेखिएको उल्लेख गरेकी छन् । साथै, फ्री तिब्बत अभियानसँग उनको सम्भावित संलग्नता छानबिन गर्न माग गरिएको छ ।

कर्णालीका जेनजीले प्रदेशको प्रतिनिधित्वका विषयमा परामर्शबिना निर्णय नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले यस विषयमा थप छलफल गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
यता पूर्वसांसद ज्ञानेन्द्र शाहीले टासी नेपाली नागरिक नभएको र उनको मन्त्री बन्ने प्रयासमा विदेशी प्रभाव देखिएको आरोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।