नेपाल क्रिकेट संघ (क्यान) ले महिला राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ ।
शनिबार जारी विज्ञप्तिमार्फत् क्यानले योग्य तथा अनुभवी प्रशिक्षकलाई आवेदन दिन अनुरोध गरेको हो ।
सूचनाअनुसार आवेदकले ईसीबी वा सीए स्तर–३ (वा सो सरह) प्रशिक्षण प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । नवनियुक्त प्रशिक्षकको कार्यस्थल काठमाडौं रहनेछ ।
यस्तै, टोलीको सहभागिताअनुसार देश–विदेशमा भ्रमण गर्नुपर्ने उल्लेख गरिएको छ । क्यानले योग्यता र अनुभवका आधारमा प्रतिस्पर्धात्मक छनोट प्रक्रिया अघि बढाउने जनाएको छ ।
हेर्नुहोस्, सूचना :

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।