२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

घुस रकमसहित प्रधानाध्यापक पक्राउ

रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जयप्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार राति धरहरी स्थित उनको घरबाट नियन्त्रणमा लिएको हो ।


प्रधानाध्यापक साहले विद्यालयमा माध्यमिक तह (द्वितीय) विज्ञान विषयका शिक्षक नियुक्ति परीक्षामा पास गराइदिने भन्दै साढे चार लाख रुपैयाँ घुस मागेको खुलासा भएको अख्तियार स्रोतले जनाएको छ ।



उक्त रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द प्रकाश साह पनि रंगेहात पक्राउ परेका हुन् । अख्तियारको टोलीले वीरगन्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट अरविन्दलाई रकमसहित नियन्त्रणमा लिएपछि थप अनुसन्धानका क्रममा धरहरी पुगेर प्रधानाध्यापक सञ्जय साहलाई पक्राउ गरेको थियो ।

परीक्षामा सहभागी एक शिक्षकसँग रकम मागिएको सूचनाका आधारमा अख्तियारले निगरानी राख्दै पक्राउ प्रक्रिया अघि बढाएको बताइएको छ ।  पक्राउ परेका दुवै जनालाई प्रारम्भिक सोधपुछपछि शुक्रबार राति नै थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।





  • प्रकाशित मिति : २५ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया