राष्ट्रपति कार्यालय शीतल निवास अघि अहिले जेनजी समूहले नाराबाजी गरिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीसँग गरिरहेको छलफल प्रवेश नपाएपछि उनीहरू नाराबाजीमा उत्रिएका हुन् ।
अहिले राष्ट्रपति पौडेलले हामी नेपालसहित अन्य समूहका जेनजी प्रतिनिधिहरु छलफल गरिरहेका छन् । पुरुषोत्तम यादव, संविधान प्रसाईं, खेमराज साउदलगायतका जेनजी प्रतिनिधिहरूले उक्त छलफलमा प्रवेश पाएका छैनन् । छलफलमा सहभागी हुन नपाएका उनीहरुले केहीबेर नाराबाजी गरेका हुन् ।
शुक्रबार प्रदेश संयोजकलाई पनि छलफलमा सहभागी गराउने भनिए पनि आज रोकिएको उनीहरुको भनाइ छ । राष्ट्रपतिसँगको उक्त छलफलका लागि जेनजीका तर्फबाट १७ जना प्रतिनिधि सहभागी हुने तय भएपनि अहिले उक्त संख्या बढाएर २० पुर्याइएको जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।