२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सचिवालय बैठक स्थगित

आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको हो ।


एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज ओलीले आराम गरी भोलि बैठक निरन्तर रहने छ ।  गौतमका अनुसार बैठक आइतबार बस्ने छ । बैठक शुक्रबार पनि भक्तपुर गुण्डुस्थित ओली निवासमा बसेको थियो ।



शुक्रबारको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेलले पनि पार्टी पुनर्गठनको विषयलाई उठाएका थिए ।





  • प्रकाशित मिति : २५ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया