२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

राष्ट्रपति पौडेल र जेनजी बीचको छलफल स्थगित

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीका प्रतिनिधिहरूसँग सोमबार छलफल गर्ने भएका छन् । आज बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको छलफल राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएको भन्दै  दुईदिन पछि सारिएको त्यहाँ उपस्थितले जनाएका छन् ।


राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजीका अगुवाहरू बीचमा छलफल गर्ने गरी आज शीतल निवास बोलाइएको थियो । तर राष्ट्रपति पौडेलको  स्वास्थ्यमा समस्या देखिएको भन्दै  छलफल सरेपछि अहिले प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिहरूबीच छलफल चलिरहेको छ ।



उक्त छलफलमा सहभागी हुन नपाएको भन्दै केही जेनजी समूहले शीतल निवास बाहिर नाराबाजीसमेत गरेका थिए । 





  • प्रकाशित मिति : २५ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया