२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

राउटे बस्तीमा पसेर युवतीलाई दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

राउटे बस्तीमा गएर युवतीलाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतको लेकवेशी नगरपालिका-५ नेटाका राजु रजालीलाई राउटे समुदायले नियन्त्रणमा लिएका छन् ।


शुक्रबार राती राउटे बस्ती प्रवेश गरेका रजालीलाई उनीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । फिरन्ते जीवन जिउने लोपोन्मुख राउटे समुदाय लेकवेशी नगरपालिका–९ मा बस्दै आएको छ ।



मध्यराती राती राउटे बस्ती छिरेर राउटे समुदायका महिलामाथि दुर्व्यवहार गरेको भन्दै राउटे समुदायले राजु रजाइलीलाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग थापाले बताए । राउटे समुदायको नियन्त्रणमा रहेका रजालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको डीएसपी थापाले बताए । 





  • प्रकाशित मिति : २५ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया