काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी, नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले सामाजिक जागरणको इतिहास बुझ्न नयाँ पुस्ताले ‘योगमाया’ नाटक हेर्न सुझाव दिएका छन् । शनिबार वत्तिसपुतलीस्थित शिल्पी थिएटरमा परिवारसहित नाटक हेर्न पुगेका भट्टराईले साँझ ट्वीट गर्दे सो कुरा बताएका हुन् ।
योगमाया नाटक हेरेपछि नेपालमा महला, दलित लगायतको मुक्ति आन्दोलन बाँकी रहेछ भन्ने ताजा अनुभूति भएको बताए ।
भट्टराईले भने, ‘ऐतिहासिक विद्रोही पात्र योगमायाको जीवनीमा आधारित नाटक ‘योगमाया’ शिल्पी थिएटरमा हेर्दा नेपालमा महिला, दलित लगायतको मुक्ति आन्दोलन अझै कति बाँकी छ भन्ने ताजा अनुभूति भयो । नयाँ पुस्ताले नेपालमा सामाजिक जागरणको इतिहास बुझ्न यसलाई हेर्नू उपयोगी हुनेछ । लेखक, निर्देशक र कलाकार सबैलाई बधाई ।’
योगमाया नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास हो । यस उपन्यासले २०७४ सालमा मदन पुरस्कार पाएको थियो ।
नाटकलाई टंक चौलागाईले निर्देशन गरेका हुन् । नाटक असार १६ गतेसम्म चल्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।