प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो विदेश भ्रमण सकाएर स्वदेश फर्किएका छन् । युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

ओलीसहितको टोलीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरे । 

युरोप भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरेका थिए । भ्रमणको सिलसिलामा उनले सोमबार स्विट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन ‘आइएलओ’ को शतवार्षिकी समारोहलाई सम्बोधन गरेका थिए । जेनेभामा रहँदा साइलाइनमा प्रधानमन्त्री ओलीले केही द्विपक्षीय भेटघाट गरेका थिए।

जेनेभापछि प्रधानमन्त्री ओली सोमबार नै बेलायत प्रस्थान गरे । बेलायतको औपचारिक भ्रमणको सिलसिलामा उनले बेलायतकी प्रधानमन्त्री थेरसा मेसँग द्विपक्षीय भेटवार्ता गरे । बेलायतमा रहँदा उनले चर्चिच अक्सफोर्ड विश्वविद्यालयमा सोमबार आयोजित एक विशेष समारोहलाई सम्बोधन समेत गरे ।

बेलायतपछि फ्रान्सको औपचारिक भ्रमण गरेका प्रधानमन्त्री ओली तीन दिन फ्रान्समा रहे । त्यहाँ ओलीले फ्रान्सेली समकक्षी इजुआर्ड फिलिपेसँग भेटवार्ता गरे । फ्रान्सबाट ओली आज नेपाल आइपुगेका हुन् ।  





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १०:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया