त्यो राष्ट्र के जसमा राष्ट्रियता हुँदैन
त्यो कष्ट के जसमा योग्यता हुँदैन
त्यो बाटो के जसमा उकालो हुँदैन
त्यो सागर के जसमा गहिराइ हुँदैन
त्यो सूर्य के जसमा ताप हुँदैन
त्यो चन्द्रमा के जसमा शीतलता हुँदैन
त्यो वर्षा के जसमा बिजुली हुँदैन
त्यो जिन्दगी के जसमा प्रकाश हुँदैन
त्यो बगैँचा के जसमा हरियाली हुँदैन
त्यो गुलाफ के जसमा काँडा हुँदैन
त्यो तथ्य के जसमा तर्क हुँदैन
त्यो वस्तु के जसमा सम्भव हुँदैन
त्यो कथा के जसमा अन्त हुँदैन
त्यो अन्त के जसमा स्वतन्त्रता हुँदैन
त्यो कर्म के जसमा लगन हुँदैन
त्यो जन्म के जसमा लक्ष्य हुँदैन
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।