ऋतिककी आमा पनि गर्छिन् जिम, ६४ वर्षमा पनि छिन् फिट

एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशनमात्र होइन, उनको परिवारमा सबैजना फिटनेसलाई विशेष प्राथमिकता दिन्छन् । कतिसम्म भने उनकी ६४ वर्षकी आमा पिन्की रोशन पनि फिटनेसमा निकै ध्यान दिन्छिन् । यसको प्रमाण हो, उनी स्वयंले आफ्नो इन्स्टाग्राम एकाउन्टमा राखेको एउटा भिडियो । उनले आफूले एक्सरसाइज गर्दै गरेको भिडियो इन्स्टाग्राममा राखेकी छिन् र यो निकै भाइरल भएको छ ।

उनले एक दिन पनि जिम जान नछुटाउने पनि बताएकी छिन् । दैनिक वर्कआउट गर्ने पिन्कीको फिटनेस प्रेमबाट आफू निकै प्रभावित भएको ऋतिक रोशनले बताउँदै आएका छन् । एक अन्तर्वार्तामा उनले पिन्कीको बारेमा भनेका थिए, ‘म मेरी आमाबाट निकै प्रेरित छु, उहाँ सशक्त महिला मात्र होइन, सबैलाई प्रेरित गर्ने महिला पनि हो ।’

  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १७:७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया