२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

कतारविरुद्ध नेपालको कमजोर सुरुवात, कुशल भुर्तेल सस्तैमा आउट

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा कतारविरुद्ध नेपालले पहिलो विकेट सस्तैमा गुमाएको छ । 


टस हारेर ब्याटिङको मौका पाएको नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो ।



उनी २.४ ओभरमा ६ रनमा क्याच आउट भए । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ ।

नेपालले कतारविरुद्ध ​ललितनारायण राजवंशीलाई विश्राम दिएर अलराउन्डर मोहम्मद आदिल आलमलाई मौका दिएको हो ।



सुपर फोर चरणमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा यूएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको थियो । 

कतार भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो । हालसम्म नेपाल र ओमानबीच तीन टी–२० आईमा भेट भएको छ, जसमा नेपालले दुई तथा कतारले एक खेल जितेको छ । 
 



  • प्रकाशित मिति : २७ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया