१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

नेपालको तेस्रो विकेट पतन, कुशल आज पनि चलेनन्
फाइल तस्बिर

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा कतारविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ ।  


नेपालले ८ ओभरको खेल सकिँदा तीन विकेट गुमाइसकेको छ । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो । 



उनी २.४ ओभरमा ६ रनमा क्याच आउट भए । टस हारेर ब्याटिङको मौका पाएको नेपालले दोस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमायो । 

उनी ४.१ ओभरमा ११ रनमा क्याच आउट भए । कुशल र आसिफ दुवैलाई कतार टिमका कप्तान मिर्जा मोहम्मद बेगले आउट गरेका हुन् । 



नेपालले तेस्रो विकेटको रूपमा अलराउन्डर कुशल मल्ललाई गुमायो । उनी ७.४ ओभरमा ८ रनमै आउट भए । कुशलले २ रनमा जीवनदान पाएका थिए । 

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले ललितनारायण राजवंशीलाई विश्राम दिएर अलराउन्डर मोहम्मद आदिल आलमलाई मौका दिएको हो ।

सुपर फोर चरणमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा यूएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको थियो । 

कतार भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो । हालसम्म नेपाल र ओमानबीच तीन टी–२० आईमा भेट भएको छ, जसमा नेपालले दुई तथा कतारले एक खेल जितेको छ । 



  • प्रकाशित मिति : २७ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया