ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा कतारविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटको रूपमा उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो ।
उनले आज २२ बलमा एक चौकाको मद्दतमा २६ रनको पारी खेले । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो ।
उनी २.४ ओभरमा ६ रनमा क्याच आउट भए । टस हारेर ब्याटिङको मौका पाएको नेपालले दोस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमायो ।
उनी ४.१ ओभरमा ११ रनमा क्याच आउट भए । कुशल र आसिफ दुवैलाई कतार टिमका कप्तान मिर्जा मोहम्मद बेगले आउट गरेका हुन् ।
नेपालले तेस्रो विकेटको रूपमा अलराउन्डर कुशल मल्ललाई गुमायो । उनी ७.४ ओभरमा ८ रनमै आउट भए ।
नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले ललितनारायण राजवंशीलाई विश्राम दिएर अलराउन्डर मोहम्मद आदिल आलमलाई मौका दिएको हो ।
सुपर फोर चरणमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा यूएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको थियो ।
कतार भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो । हालसम्म नेपाल र ओमानबीच तीन टी–२० आईमा भेट भएको छ, जसमा नेपालले दुई तथा कतारले एक खेल जितेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।