१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

कतारविरुद्ध नेपालको सातौं विकेट गुम्यो, सन्दीप जोरा एक रनमै आउट
फाइल तस्बिर

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा कतारविरुद्ध नेपालले पहिलो इनिङको अन्तिमतिर कमजोर ब्याटिङ गरिरहेको छ । टस हारेर ब्याटिङ रोजेको नेपालले ११६ रनमा ७ विकेट गुमाएको छ ।


नेपालले सातौं विकेटको रूपमा सन्दीप जोराई गुमायो । उनी १७.१ ओभरमा एक रनमै बोल्ड भए । नेपालले छैटौँ विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो । उनी १६.४ ओभरमा आउट भए । 



रोहितले आज ४१ बलमा सात चौक र एक छक्काको सहयोगमा ५८ रनको पारी खेले । नेपालले पाँचौं विकेटको रूपमा मोहम्मद आदिल आलमलाई गुमायो । उनी १६.२ ओभरमा २ रनमै आउट भए । आदिलले ६ बलमा २ रन जोडेका हुन् । 

नेपालले चौथो विकेटको रूपमा उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमायो । उनले आज २२ बलमा एक चौकाको मद्दतमा २६ रनको पारी खेले । दीपेन्द्रले कप्तान रोहितकुमार पौडेलसँग ६२ रनको साझेदारी गरे । 



नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो । उनी २.४ ओभरमा ६ रनमा क्याच आउट भए । टस हारेर ब्याटिङको मौका पाएको नेपालले दोस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमायो । 

उनी ४.१ ओभरमा ११ रनमा क्याच आउट भए । कुशल र आसिफ दुवैलाई कतार टिमका कप्तान मिर्जा मोहम्मद बेगले आउट गरेका हुन् । 

नेपालले तेस्रो विकेटको रूपमा अलराउन्डर कुशल मल्ललाई गुमायो । उनी ७.४ ओभरमा ८ रनमै आउट भए । 

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले ललितनारायण राजवंशीलाई विश्राम दिएर अलराउन्डर मोहम्मद आदिल आलमलाई मौका दिएको हो ।



सुपर फोर चरणमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा यूएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको थियो । 

कतार भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो । हालसम्म नेपाल र ओमानबीच तीन टी–२० आईमा भेट भएको छ, जसमा नेपालले दुई तथा कतारले एक खेल जितेको छ । 
 

  • प्रकाशित मिति : २७ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया