ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा नेपालले कतारलाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४१ बलमा सात चौका र एक छक्काको सहयोगमा सर्वाधिक ५८ रनको पारी खेले ।
नेपालले नवौँ विकेटको रूपमा सोमपाल कामीलाई गुमायो । उनी अन्तिम बलमा १४ रनमा रनआउट भए । नेपालले आठौँ विकेटको रूपमा अलराउन्डर गुलशनकुमार झालाई गुमायो । उनले ८ बलमा दुई छक्कासहित १६ रन जोडे ।

नेपालले सातौं विकेटको रूपमा सन्दीप जोराई गुमायो । उनी १७.१ ओभरमा एक रनमै बोल्ड भए । नेपालले छैटौँ विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो । उनी १६.४ ओभरमा आउट भए ।
रोहितले आज ४१ बलमा सात चौका र एक छक्काको सहयोगमा ५८ रनको पारी खेले । नेपालले पाँचौं विकेटको रूपमा मोहम्मद आदिल आलमलाई गुमायो । उनी १६.२ ओभरमा २ रनमै आउट भए । आदिलले ६ बलमा २ रन जोडेका हुन् ।
नेपालले चौथो विकेटको रूपमा उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमायो । उनले आज २२ बलमा एक चौकाको मद्दतमा २६ रनको पारी खेले । दीपेन्द्रले कप्तान रोहितकुमार पौडेलसँग ६२ रनको साझेदारी गरे ।

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो । उनी २.४ ओभरमा ६ रनमा क्याच आउट भए । टस हारेर ब्याटिङको मौका पाएको नेपालले दोस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमायो ।
उनी ४.१ ओभरमा ११ रनमा क्याच आउट भए । कुशल र आसिफ दुवैलाई कतार टिमका कप्तान मिर्जा मोहम्मद बेगले आउट गरेका हुन् ।
नेपालले तेस्रो विकेटको रूपमा अलराउन्डर कुशल मल्ललाई गुमायो । उनी ७.४ ओभरमा ८ रनमै आउट भए । कतारका लागि कप्तान मिर्जा मोहम्मद बेग र डेनियल आर्चर मारिया लुइसले सर्वाधिक तीन/तीन विकेट लिए ।
सुपर फोर चरणमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा यूएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको थियो । कतार भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।