१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

कतारविरुद्ध नेपालको कमजोर सुरुवात, पावरप्लेमा विकेटविहीन
फाइल तस्बिर

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्स चरणमा कतारविरुद्ध नेपालले कमजोर बलिङ गरेको छ । पावरप्ले अर्थात् सुरुवात ६ ओभरमा नेपाल विकेटविहीन बन्यो ।   


१ सय ४८ रनको लक्ष्य पछ्याइरहेको कतारले ६ ओभरमा बिनाविकेट ५३ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनायो । कतारविरुद्ध नेपालका लागि कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण अर्धशतकीय पारी खेले ।



उनले ४१ बलमा सात चौका र एक छक्काको सहयोगमा ५८ रनको पारी खेलेका हुन् । टी–२० आईमा रोहितको यो आठौँ अर्धशतकीय इनिङ हो । यस्तै, दीपेन्द्रले २६, गुलशनकुमार झाले १६, सोमपाल कामीले १४ र आसिफ शेख ११ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कतारका लागि कप्तान मिर्जा मोहम्मद बेग र डेनियल आर्चर मारिया लुइसले सर्वाधिक तीन–तीन विकेट लिए ।  
 





  • प्रकाशित मिति : २७ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया