२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

कतारविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन, दिलाए दोस्रो सफलता
फाइल तस्बिर

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्स चरणमा कतारविरुद्ध नेपाललाई दोस्रो सफलता पनि लेग स्पिनर सन्दीप लामिछानेले दिलाएका छन् ।


उनले १२ ओभरको अन्तिम बलमा मुहम्मद-असिम लियाकत-अलीलाई १० रनमा एल्बीडब्लू आउट गरे । 



कतारको पहिलो विकेट पनि सन्दीपले नै लिए । उनले १० ओभरको अन्तिम बलमा इमाल लियानागेलाई ५६ रनमा बोल्ड गरे । इमालले ३४ बलमा पाँच चौका र तीन छक्कासहित ५६ रनको पारी खेले ।  

१ सय ४८ रनको लक्ष्य पछ्याइरहेको कतारले १० ओभरमा एक विकेट गुमाएर ७९ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनायो । कतारविरुद्ध नेपालका लागि कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण अर्धशतकीय पारी खेले ।



उनले ४१ बलमा सात चौका र एक छक्काको सहयोगमा ५८ रनको पारी खेलेका हुन् । टी–२० आईमा रोहितको यो आठौँ अर्धशतकीय इनिङ हो । यस्तै, दीपेन्द्रले २६, गुलशनकुमार झाले १६, सोमपाल कामीले १४ र आसिफ शेख ११ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कतारका लागि कप्तान मिर्जा मोहम्मद बेग र डेनियल आर्चर मारिया लुइसले सर्वाधिक तीन–तीन विकेट लिए ।   



  • प्रकाशित मिति : २७ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया