२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

विश्वकप छनोटमा कतारविरुद्ध नेपालको रोमाञ्चक जित, सन्दीपको सानदार बलिङ

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्स चरणमा नेपालले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा नेपालले सोमबार राति कतारलाई ५ रनले हरायो । 


योसँगै विश्वकपमा पुग्ने नेपालको सम्भावना थप बलियो बनेको छ । लगातार दोस्रो हारपछि कतारको विश्वकप यात्रा भने लगभग समाप्त भएको छ ।



सोमबार राति नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । 

उसका लागि इमाल लियानागे र जुबैर अलीले अर्धशतकीय पारी खेले । लियानागेले ३५ बलमा पाँच चौक र तीन छक्कासहित ५६ तथा जुबैरले ५५ बलमा दुई चौका र एक छक्कासहित ५२ रनको पारी खेलेका हुन् ।



यस्तै, मुहम्मद-असिम लियाकत-अलीले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालको जितमा आज सन्दीप लामिछाने ‘हिरो’ साबित भए । उनले ३.५ ओभरमा १८ रन दिएर महत्वपूर्ण ५ विकेट लिए ।

सन्दीप यस खेलमा प्लेयर अफ द म्याच घोषित भए । यस्तै, नन्दन यादवले दुई तथा दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।  

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनायो । कतारविरुद्ध नेपालका लागि कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण अर्धशतकीय पारी खेले । 

उनले ४१ बलमा सात चौका र एक छक्काको सहयोगमा ५८ रनको पारी खेलेका हुन् । टी–२० आईमा रोहितको यो आठौँ अर्धशतकीय इनिङ हो । यस्तै, दीपेन्द्रले २६, गुलशनकुमार झाले १६, सोमपाल कामीले १४ र आसिफ शेख ११ रन जोडे ।



बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कतारका लागि कप्तान मिर्जा मोहम्मद बेग र डेनियल आर्चर मारिया लुइसले सर्वाधिक तीन/तीन विकेट लिए ।  

  • प्रकाशित मिति : २८ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया