कंगनाले भनिन्– ऋतिककी बहिनीसँग अहिले पनि सम्पर्कमा छु

एजेन्सी– केही दिन पहिले बलिउड अभिनेता ऋतिक रोशनकी बहिनी सुनैना रोशनले आफ्ना बाबुआमालाई आफूलाई सहयोग र समर्थन नगरेको आरोप लगाएकी छिन् । अब यही विषयमा बलिउड अभिनेत्री कंगना रनौटले आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले आफू सुनैनासँग सम्पर्कमा रहिरहेको र उनीहरुको पारिवारिक विवादको कुनै फाइदा नउठाउने बताएकी हुन् । 

भारतीय पत्रिका मुम्बई मिररलाई दिएको एक अन्तर्वार्तामा कंगनाले सुनैनासँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएकी छिन् । तर, उनीहरुको परिवारको विषयलाई आफूले खासै वास्ता नगर्ने पनि उनले बताएकी थिइन् । 

त्यसो त कंगनाकी बहिनीले यसअघि ऋतिक र कंगनाको विषयमा सुनैनाले माफी माग्न चाहेको बताएकी थिइन् । 





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १७:४१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया