नेपाली क्रिकेट टिमको आइसिसी टी–२०आई वरीयतामा सुधार आएको छ ।
हालै वेस्ट इण्डिजविरुद्धको सिरिज जितेपछि नेपालको टी–२०आई वरीयतामा एक स्थान सुधार भएको हो ।
अब नेपाल वरीयताको १७औँ स्थानमा पुगेको छ । नेपालको वरीयतामा सुधार हुँदा अमेरिका १८औँ स्थानमा झरेको छ ।
जारी विश्वकप छनोटको उपाधि जितेमा नेपालले वरीयतामा फेरि सुधार गर्नेछ ।
ओडिआई वरीयतामा भने नेपाल १८औँ स्थानमा यथावत् छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।