प्रदेश ५ को बजेटः ३६ अर्ब ४१ करोड

बुटवल– प्रदेश ५ को सरकारले आगामि वर्षका लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आइतबार प्रदेश सभामा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यो बजेट प्रस्तुत गरेका हुन् । प्रदेशमा उनले नै आर्थिक मामिलामन्त्रीको जिम्मेवारी पनि सम्हालेका छन् । 

गत वर्षजस्तै प्रदेशले यस वर्ष पनि बजेटमा कृषि, पर्यटन तथा सडकलाई प्राथमिकतामा राखेको छ । ३६ अर्ब ४४ करोड ६८ लाखको बजेटमा ३ अर्ब राजश्व संकलनको लक्ष्य प्रदेशले लिएको छ ।  

बजेटले प्रत्येक प्रदेश सभाका सांसद्लाई ६० लाख बराबरका योजना पाउने निश्चितता गरेको छ । 





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १८:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया