१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

क्रिकेट समर्थकले सम्झिरहने सन्दीपको प्रदर्शन
तस्बिर : क्यान

ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत कतारविरुद्ध नेपाललाई ५ रनको रोमाञ्चक जित दिलाउन स्पिनर सन्दीप लामिछानेले सानदार प्रदर्शन गरे ।


उनले ३.५ ओभरमा १८ रन दिएर सर्वाधिक ५ विकेट लिए । सन्दीपले पहिलो विकेट लिँदै नेपाललाई खेलमा फर्किएका थिए । र, उनले अन्तिम ओभरसम्म आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन जारी राखे । 



अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन आवश्यक थियो । तर, सन्दीपले यस ओभरमा ४ रन मात्र दिएर २ विकेट दिलाए । नेपालको जितमा महत्वपूर्ण योगदान दिएका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

सन्दीपले कतारविरुद्धको खेलमा इतिहास पनि रचे । उनले यस खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा २५० विकेट पूरा गर्दै इतिहास रचेका हुन् । 



सन्दीपले टी–२० आई र ओडिआई गरी १२८ खेलमा २५० विकेट पूरा गरेका हुन् । उनी अब यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । 



  • प्रकाशित मिति : २८ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया