१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

मधेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त, पाँच दलको समर्थन

मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनल (सोनार) नियुक्त भएका छन् ।


प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।



सोनलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच दलको समर्थनसहित बहुमत दाबी गर्दै मुख्यमन्त्रीका लागि प्रस्ताव पेस गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले उक्त दाबी स्वीकार गर्दै उनलाई मुख्यमन्त्री नियुक्त गरेको हो । 

सोनललाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) सहित पाँच राजनीतिक दलका ५६ जना प्रदेशसभा सदस्यहरूले समर्थन गरेका छन् ।  





  • प्रकाशित मिति : २९ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया