युवाको पेटबाट निकालियो ५० वटा औंठी, सिक्का र नेलकटर

एजेन्सी– भारतको राजस्थानको उदयपुरस्थित एमबी अस्पतालमा शनिबार एउटा सर्जरी भएको छ जसले सबैलाई दंग पारिदिएको छ । त्यहाँका चिकित्सकले २४ वर्षका एक युवाको पेटबाट सर्जरी गरेर ५० विभिन्न कुराहरु निकालेका हुन् । यीनमा चाबी, नेलकटर, सिक्का, औंठी, पिन तथा विभिन्न क्लिप छन् । सर्जरी गरिएका युवाको स्वास्थ्य राम्रो रहेको चिकित्सकहरुले बताएका छन् । 

सर्जरी गर्ने चिकित्सकले ती युवा लागूऔषध प्रयोगकर्ता भएको र उनले मदिराको प्रभावमा हुँदा यी सब कुरा निलेको हुनसक्ने बताएका छन् । ती युवा १५ दिन अगाडि अस्पतालमा भर्ना भएका थिए । उनले सुरुमा अस्पताल जाँदा पेट दुख्ने, वान्ता हुने समस्या भएको बताएका थिए ।

अस्पताल ल्याएलगत्तै उनको एक्सरे गरिएको थियो । पेटमा यी सबै कुरा देखेपछि उनको अपरेसन गरिएको हो । अस्पतालका अनुसार उनको अपरेसन ९० मिनेटसम्म चल्यो । 





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १०:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया