काँग्रेसलाई खगराज अधिकारीको प्रश्न : होली वाइन पहिला कसले चाख्यो ?

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् खगराज अधिकारीले गुठी विधेयकको बचाउ गर्दे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई होली वाइनका डा. मुनलाई कसले नेपालमा स्वागत ग¥यो र होली वाइन पहिला कसले चाख्यो भन्दै प्रश्न गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा वैठकको शूल्य समयमा बोल्दै सांसद् अधिकारीले सो कुरा बताएका हुन् । 

उनले काँग्रेसलाई लक्षित गर्दे भने, ‘गुमनाम  र भ्रम सिर्जना पार्न हामी काविल भएका छौं । होली वाइनका डा.मुनलाई नेपालमा पहिला स्वागत कसले गर्यो ? होली वाइन हो भने होली वाइन पहिला कसले चाख्यो ? त्यो पनि यहाँ प्रस्ट हुनुपर्छ ।’ 

सांसद् अधिकारीले नेपाली काँग्रेसको सरकारले गुठीलाई रैकर्मा १६० रुपैयाँ लिएर जमिनदारका नाममा सयौं विघा उसका नाममा दर्ता गर्दा धर्म संस्कृति कहाँ हरायो ? भन्दै थप प्रश्न गरे । 

धर्म संस्कृति र कला साहित्यका लागि निरन्तर लडिरहेको नेपाल कम्युनिस्ट पार्टीका बारेमा बोल्नेहरूले एकचोटी आफ्नो अनुहार हेर्नु पर्ने अधिकारीको भनाई छ । 





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १२:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया