प्रदेश १ को लक्ष्यः पुँजीगत खर्च ८० प्रतिशत
चालु आवको जेठ मसान्तसम्म प्रदेश सरकारले २९ प्रतिशत मात्र पुँजीगत बजेट खर्च गर्न सकेकाे छ
फरकधार / २ असार, २०७६
यो सामग्री सेयर गर्नुहोस्

विराटनगर– प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष (०७६/७७) मा ८० प्रतिशत विकास बजेट खर्च गर्ने अठोट गरेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको प्रदेश सरकारले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्षमा पुँजीगत खर्च वृद्धि गरी ८० प्रतिशत पुर्याउने महत्वाकांक्षी लक्ष्य सुनाएको हो ।  



पत्रकार सम्मेलनमा प्रदेश सरकारले हिजो प्रस्तुत गरेको ४२ अर्ब २० करोडको बजेटबारे बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बजेट पूर्ण कार्यान्वयनका लागि साउन महिनाबाटै बजेट कार्यान्वयको प्रक्रिया सुरु गरिने बताए ।



पहिलो वर्षको जस्तो कर्मचारी र संरचनाको समस्या थोरै मात्रामा भए पनि हल भएको भन्दै मन्त्री आङ्बोले भने, ‘प्रदेश सरकार सञ्चालनको एक वर्षको कामको अनुभवका साथै काम गर्नका लागि आवश्यक जनशक्ति र संरचना तयार भएको अवस्थामा प्रदेश सरकारको लक्ष्यअनुरुप विकास बजेट खर्च हुनेमा आशंका छैन ।’



खरिद ऐनमा भएको संशोधन र संशोधन प्रक्रियामा रहेको खरिद नियमावालीले पनि पुँजीगत खर्च बढाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । 







  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १३:४७:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया