राम्रा फिल्म पाउन करिनाको नयाँ आइडिया !

एजेन्सी– बलिउड अभिनेत्री करिना कपुर खान पछिल्लो समय आफूलाई अफर गरिएका फिल्मबाट खुसी छैनन् । त्यसैले उनले अब एउटा नृत्यसँग सम्बन्धित रियालिटी सोमा जजको भूमिकामा काम गर्ने भएकी छिन् । यतिमात्र होइन, उनी वेब सिरिजका लागि पनि तयार भएको बताउँदै छिन् । 

उनका नजिकका व्यक्तिहरुलाई आधार बनाउँदै भारतीय मिडियाले यो सब उनको नयाँ आइडिया भएको बताएका छन् । र, त्यो नयाँ आइडिया पनि उनले राम्रा फिल्म पाउनका लागि सुरुवात गरेकी हुन् । उनलाई राम्रा स्क्रिप्ट भएका फिल्म दिइउन् भनेर यस्तो आइडिया लगाएको बताएकी छिन् । 

केही समययता राम्रा फिल्म नपाएकाले करिनाले गुनासो गर्दै आएको उनका सहयोगीले बताउँदै आएका छन् । उनले महिलाको भूमिकाका लागि आफूलाई अफर गरिने फिल्ममा स्क्रिप्ट पनि बारम्बार फेरिने बताउँदै आएकी छिन् । त्यसैले अब रियालिटी सो र वेब सिरिजमा काम गरेर करिना राम्रा फिल्मको अफर आफूतिर ल्याउन चाहन्छिन् ।





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १४:१५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया