सेलेब्रिटीसँग सेलेब्रिटीमा सन्ताेष लामा र सुरेश गैरे

संगीतकार सुरेश गैरे अर्थात् गैरे सुरेशबारे असांगितिक व्यक्तिहरुबाट सुनेको हुँ मैले । सुरेशजीबारे पहिले जो जसले मलाई सुनाए, सबै गलत सुनाएका रहेछन् । सन्तोषजीसँगको पहिलो भेटपछि मलाई थाहा भयो, मैले सुरेशजीबारे बनाएका सबै विम्बहरु गलत रहेछन् । यसरी विम्बहरु भत्किनु एउटा मीठो अनुभव हुँदो रहेछ ।

सुरेशजीले मलाई यही बोध गराउनु भयो । मलाई सुरेशजीबारे उनीहरुले भनेका थिए– उहाँ एपिएफमा हुनुहुन्छ, ड्यान्जर हुनुहुन्छ । यो ड्यान्जरको परिभाषा बुझेको थिइनँ मैले । निकै कडा भएकाले त्यसो भनिएको होला भन्ने सामन्य अनुमानसम्म गरेको थिएँ ।

तर, जसरी भनिएको थियो, त्यसरी नै सुरेशजी कडा हुनुहुँदो रहेनछ । यसले एउटा स्थापित मान्यता मेरो लागि– सिर्जनशील व्यक्ति कहिल्यै ‘कडा’ हुनै सक्दैनलाई थप पुष्टि गरिदियो । हो, जो सिर्जनामा लागेको छ, ऊ जति चाहे पनि कडा हुनैसक्दैन । त्यसो त सुरेशजीसँगको यो भेट सन्तोषजीमार्फत् भएको थियो ।

त्यसैले पनि हुनुपर्छ, सुरेशजीसँग हामीले फ्र्याङ्क्ली कुरा गर्यौँ । किन पनि भने बारम्बार सन्तोषजी र सुरेशजी एकअर्कालाई भन्दै हुनुहुन्थ्यो– तपाईं–हाम्रो भेट भएको त ८/१० वर्ष नै भयो नि है । त्यति मात्र होइन, सन्तोषजी र सुरेशजी यो कार्यक्रम सुटिङ गरिरहँदा केही बेर विगतका प्रसङ्गमा हराउनुहुन्थ्यो । कुरा गर्दागर्दै हामीले रोक्नुपथ्र्यो र फेरि कार्यक्रतिर फर्काउनुपथ्र्यो ।

सेलेब्रिटीसँग सेलेब्रिटीको यो सिजनमा सुरेशजीसँगको अन्तर्वार्ता साँच्चिकै रोचक रह्यो । सुटिङ सकियो । केहीबेर इन्फर्मल कुराकानीपछि मैले बिल मगाएँ । बिल आयो, मैले आफ्नो कार्ड वेयटरलाई दिएँ । हठात् सुरेशजीले बिल तान्नुभयो, मलाई चेतावनी दिँदै मेरै कार्ड देखाउँदै सोध्नुभयो– यो कार्डमा कति पैसा छ ? मेरो क्रेडिट कार्ड थियो त्यो, बैंकले दिएको क्रेडिट लिमिट भनेँ मैले । त्यसपछि सुरेशजीले आफ्नो कार्ड निकाल्नुभयो ।

अनि भन्नुभयो– त्योभन्दा मेरो यो कार्डमा धेरै छ । त्यसैले मैले बिल तिर्नुपर्छ । म हाँस्न सकिनँ, अरु केही भन्न पनि सकिनँ । बिल तिर्नुअगाडिको सन्तोषजीसँग सुरेशजीको कुराकानीः



 



(याे न्यारेसन फरकधार अर्काइभबाट लिइएकाे हाे ।)

  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १४:४२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया