बाँके– नेपालको कानुनमा विवाह गर्नका लागि केटा र केटीको उमेर २० वर्ष पुग्नैपर्ने प्रवधान छ । अन्तराष्ट्रिय कानुन तथा विभिन्न देशका अभ्यासका आधारमा नेपालको कानुनमा पनि सो व्यवस्था राखिएको हो ।
बालविवाहका कारण हुने मातृ तथा शिशुमृत्युदरलगायत समस्या रोक्न र घरेलु हिंसा पनि रोक्ने उद्देश्यले यस्तो प्रावधान राखिएको हो । तर, कतिपय अभिभावकलाई सो कानुनले अप्ठ्यारो पारेको छ ।
बाँकेको नेपालगन्जका मधेसी समुदायका केही महिला आफ्नी छोरीको विवाह १६ वर्षमै गर्न पाउनुपर्छ भन्दै जिल्ला प्रशासन कार्यालय धाइरहेका छन् । कानुनविपरीत १६ वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने माग राख्दै उनीहरू एक महिनादेखि प्रशासनको शरणमा परेका छन् ।
आफ्नो समुदायमा छोरीले विवाहपछि दुई वर्ष माइतमा बस्ने चलन रहेको, तर छोरीको विवाह गर्न २० वर्षसम्मम पर्खनुपर्ने अवस्थाले समस्या आएको उनीहरूको गुनासो छ ।
२० वर्षसम्म विवाह नगर्दा छोरीचेलीहरू आफैंले विवाह गर्ने र ढिला गर्दा छोरीका लागि वर खोज्न अप्ठ्यारो हुनेजस्ता समस्या आएको भन्दै उनीहरूले बाँकेका प्रजिअमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
उनीहरूले कानुन संशोधन गरेर आफ्नो समस्या फुकादिन आग्रह गर्दै आएका छन् । जिल्ल प्रशासन बाँकेले संशोधनको मागसहित स्थानीयले बुझाएको ज्ञापन पत्र ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाइसकेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।