परिवार दलले माग्यो राष्ट्रिय सभा सदस्य

काठमाडौं– नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पार्टीको मागपत्र बुझाएको छ । मागपत्रमा संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख छ । 

परिवार दल पूर्वमन्त्री एकनाथ ढकालको नेतृत्वमा पहिले संविधानसभा निर्वाचनअघि गठन भएको दल हो । ढकाल नेपालमा केही महिनाअघि सम्पन्न ‘होली वाइन’ प्रकरणका सूत्रधार मानिन्छन् ।

गत चुनावअघि परिवार दलले तत्कालीन वाम गठबन्धनसँग तीनबुँदे सहमति गरेको थियो । परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सोही सहमति कार्यान्वयनको माग गरेका हुन् । 

त्यतिवेला भएको सहमतिअनुसार परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको परिवार दलले दाबी गरेको छ । ज्ञापनपत्र बुझ््दै प्रधानमन्त्री ओलीले यसबारे दलमा छलफल गर्ने जवाफ दिएको स्रोतले बताएको छ । 

सो पार्टीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेर ध्यानाकर्षण गराउने तयारी गरेको जनाएको छ । 





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १६:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया