संघीयताले उद्योगलाई कमजोर बनायो : पुष्पा भुसाल

काठमाडौँ– नेपाली काँग्रेसकी सांसद् पु्ष्पा भुसालले संघीयताले उद्योगलाई कमजोर बनाएको बताएकी छिन् । सोमबार प्रतिनिधिसभा वैठकमा विनियोजित विधेयक माथिको छलफलमा बोल्दै सांसद् भुसालले सो कुरा बताएकी हुन् । 

पञ्चायत कालमा रुग्न भइसकेको उद्योगलाई नेपाली काँग्रेस सरकारले निजीकरण गरेर मुलुकको ढुकुटीलाई बचाएको बताइन् । 

उनले भनिन्, ‘हामी स्मरण गर्नुपर्दछ । पञ्चायतको बेलामा रुग्न भइसकेका उद्योगलाई नेपाली काँग्रेसको सरकारले निजी करण गरेर मुलुकको ढुकुटीलाई बचाउने काम गरेको थियो । आज हामी संघीयतामा छौं । संघीयताले उद्योग धन्दालाई कमजोर बनाएको छ । प्रदेश र स्थानीय निकालाई कुनै पनि अधिकार नदिइ नाम मात्रको प्रदेश र स्थानीय सरकार छ ।’ 

सांसद् भुसालले संघीयतालाई बलियो बनाए मात्रै गरिबीको रेखामुनी रहेका जनतालाई माथि उकास्न सकिने धारणा व्यक्त गरिन । ‘केन्द्रलाई बलियो बनाउनेतिर गएका छौं । यसबाट २१.५ प्रतिशत रहेका गरिबीका जनतालाई हामी माथि उकास्न सक्दैनौं । संघीयतालाई पनि बलियो बनाउन सक्दैनौं,’ उनले भनिन् ।  
 
युरोप अमेरिकाका देशहरूले गरिबी घटाउन अभियानका साथ अगाडि बढेको बताउँदै भुसालले प्रदेशमा भएका उद्योगधन्दालाई बलियो र प्राकृतिक सम्पदालाई सदुपयोग गर्नुपर्ने बताइन् । 

उनले भनिन्, ‘युरोप र अमेरिकाका देशहरू गरिबीको रेखामुनी रहेका जनताको गरिबी घटायौं भने मात्रै हामी दीगो विकास लक्ष्यमा पुग्न सक्छौं भनेर अभियानका साथ अगाडि बढाएका छन् । तर हामी संघीयतालाई अत्यन्त कमजोर गराउने किसिमबाट त्यहाँ भएका उद्योगधन्दाहरू कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमा भएका प्राकृतिक सम्पदाहरू, २ नम्बर क्षेत्रमा भएका उदोगधन्दाहरूलाई कसरी त्यहाँको प्रदेशलाई अझै बलियो बनाउने भन्नेतिर हामी गइरहेका छैनौं ।’ 





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १६:१९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया