२०७ वर्षे बरको रुख, जसको जन्मदिन मनाउन भेला हुन्छन् दशौँ हजार मानिस

भारत– ५ जुन २०१९, यो रुखको २०७औँ जन्मदिन । हजारौँ मानिसले धुमधामसँग यसको जन्मदिन मनाए । 

असमको बारपेटा जिल्लाका बासिन्दा बर्सेनि यो रुखको जन्मदिन मनाउँछन् । रुख २०० वर्ष पुगेको अवसरमा पहिलोपटक सन् २०१२ मा ६२ किलोको केक काटेर यसको जन्मदिन मनाइएको थियो । २००औँ जन्मदिन मनाउन १० हजारभन्दा धेरै मानिस भेला भएका थिए । 

यसरी रुखको जन्मदिन मनाउनुको उद्देश्य यसको संरक्षण हो । २०० वर्ष पुगेकै दिन संरक्षण समिति बनाएर यो ‘ज्येष्ठ’ रुखको हेरचाह सुरु गरिएको थियो । 

‘कोहीकोही बेकारको काम गरेको भनेर आरोप लगाउँछन् । तर, हामीलाई थाहा छ, यो रुखको महत्व कति छ भनेर,’ रुखको हेरचाहमा खटिएका संरक्षण समिति सदस्य भन्छन्, ‘यदि यो रुखको महत्व नभएको भए कोरिया, जापानजस्ता देशहरुबाट रुख हेर्नकै लागि मानिस यहाँसम्म धाएर किन आउने थिए ?’

गुवाहाटी विश्वविद्यालयका वनस्पतिशास्त्रका रिटायर्ड प्रोफेसर एसके बारठाकुर यो रुखलाई फंगसले नोक्सान पुर्याउँदै गएको बताउँछन् । त्यसैले, यसको संरक्षणमा विशेष चासो दिनुपर्ने उनको भनाइ छ । 

स्थानीय समुदायको विश्वासमा बरको रुखमा देवता र उक्त समुदायका रक्षकको वास हुन्छ । तर, स्थानीयका लागि यो रुख त्यसभन्दा पनि माथि छ । गाउँलेका लागि यो रुख गर्मीका दिनमा शीतल ताप्ने चौतारीका साथै बाटो भुलेकाहरुलाई गाउँ पुर्याउने चिनो बनेको छ भने बालबालिकाका लागि यो ज्ञानको केन्द्र बनेको छ ।





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १७:५४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया