२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

भ्रमको आगो : नक्कली राष्ट्रवादको चस्माभित्रको नेपाल
एकीकरणको आत्मा, विभाजनको यथार्थ
फाइल तस्बिर

इतिहासमा, पृथ्वीनारायण शाहको एकीकरणपश्चात् नामकरण नेपाल सधैं विविधता र सहअस्तित्वको प्रतीक रहँदै आएको छ। भौगोलिकरूपमा तीन भागमा बाँडिएका हामी “हिमालमा जाडो बढ्दा पहाडले सेक्नुपर्छ, तराईमा बाढी आउँदा पहाडले छेक्नुपर्छ।”


यही भावना बोकेर बाँच्ने हामी नेपालीहरूको देश- नेपाल। गौतम बुद्ध, जनक, सीता र पशुपतिनाथको भूमि एउटै आत्मासँग जोडिएको छ; हिमाल, पहाड र तराई एउटै मुटुको नशा जस्तै परस्पर गाँसिएका छन्। तर, आज यही देश विस्तारै, अशान्ति, विभाजन, सन्देह र नक्कली राष्ट्रवादको आगोमा झोसिँदै छ । कानुनी शासन कमजोर हुँदै गएको छ, नैतिक मूल्य–मान्यताहरू कुल्चिँदै गएका छन्, र “राष्ट्रवाद” अब घमण्ड, भीड र आरोपको मुखौटा बनेको छ । जब अनुहार र छाला नै पहिचानको प्रमाण बन्छ ।



अब यो देशमा अनुहार हेरेर पहिचान बाँड्ने चलन सामान्य भइसकेको छ । नाक थेप्चो देखियो कि- “तिमी त तिब्बती हौ ।” छाला अलि कालो देखियो कि- “तिमी त भारतीय हौ।” रूप वा भाषाबाट देशप्रेम नाप्ने मानसिकता हाम्रो सामूहिक विवेकमाथिको ठूलो व्यङ्ग्य हो जस्तो लाग्छ ? नेपाल विविधता र धार्मिक सहिष्णुतामा गर्व गर्ने देश थियो- तर, अहिले यही विविधता ‘शंका र घृणा’को औजार बन्दै गएको छ। 

यो आगो कसैले बाहिरबाट ल्याएको होइन ? हामी आफैंले सल्काएका हौं । नक्कली राष्ट्रवादी चस्माबाट हेर्दा सबै कुरा धमिलो देखिन्छ । र, त्यसै धमिलोपनमा हामी एकअर्कालाई दुस्मन ठान्छौँ । साँचो राष्ट्रवाद : माया, सहिष्णुता र आत्मसम्मान, राष्ट्रवादको मापन नारा, झण्डा वा चर्को स्वरले हुँदैन । यो त आत्मपहिचान र सह–अस्तित्वको चेतनामा निहित हुन्छ ।



फरक अनुहारलाई “खतरा”, फरक सोच्ने आवाजलाई एजेन्ट” ठान्ने प्रवृत्ति हाम्रो असुरक्षाको प्रतिबिम्ब हो, जसलाई हामीले ‘देशभक्ति’ भन्ने खोल ओढाएका छौँ । कमजोर राज्य, बलियो भीड नेपालमा अहिले राज्य संयन्त्र कमजोर छ । तर, भीड बलियो छ । अब भिड कानुनभन्दा शक्तिशाली बनेका छन्- टिप्पणी, आरोप र अफबाह । सामाजिक सञ्जालमा प्रमाणबिना नै “अमेरिकी एजेन्ट”, “तिब्बती एजेन्ट”, “भारतीय दलाल”, वा “फलानो दलको मान्छे” भन्ने ट्याग टाँस्न केवल केही सेकेन्ड पर्याप्त हुन्छ।

यो प्रवृत्तिले नागरिकको स्वतन्त्र सोच कुल्चिँदै लगेको छ । जो चर्को बोल्छ, उसलाई शंका गरिन्छ, जो फरक देखिन्छ, उसलाई ‘कम नेपाली’ ठहरिन्छ ।  “देशभक्ति भन्नु विरोधीलाई मौन पार्नु होइन  बरु आलोचनालाई सुन्ने सहनशीलता हो ।” नक्कली राष्ट्रवादको मनोविज्ञान नक्कली राष्ट्रवाद काठमाडौं प्रदर्शनले सिमानामा कति दुख,कस्ट बेहोर्नु परेको छ त्यो मर्क सिमानाका दाजुभाइ सोधे पुग्छ । नक्कली राष्ट्रिवाद आत्मविश्वासको होइन असुरक्षाको उपज हो । जब समाज आफ्नै मूल्यमा निश्चिन्त रहँदैन, त्यो सधैं अरू कसैलाई दोष दिने र राष्ट्रवादी बन्न खोज्छ। 

हामी अहिले त्यही अवस्थामा छौं, जहाँ फरक सोच्ने वा फरक देखिने मान्छे हाम्रो असुरक्षाको लक्ष्य बनेका छन् । यस्तो राष्ट्रवाद देशप्रेम होइन, यो आत्म–घृणाको अर्को रूप हो । यसले नागरिकबीचको विश्वास तोड्छ, साझा पहिचानलाई टुक्र्याउँछ, र अन्ततः राष्ट्रलाई कमजोर बनाउँछ । विविधताको देश, विभाजनको चस्मा नेपाल विविधताको सुन्दर उद्यान हो । तर, अहिले यही सुन्दर उद्यान शंका र अविश्वासको आगोमा जल्दैछ । भिन्नता, जुन हाम्रो शक्ति हुनुपर्ने थियो, त्यो अब आरोप र प्रत्यारोपको कारण बनेको छ ।

हामी कुन बाटोमा हिँड्दैछौँ ? राष्ट्रको नाममा विभाजन, देशभक्तिको नाममा घृणा र पहिचानको नाममा भ्रम फैलाउँदै,शासकीय व्यवस्था को लागि,राज्यधर्मक‍ो लागि । के हामी साँच्चै देशलाई बलियो बनाइरहेका छौँ ? अब समय आएको छ, नक्कली राष्ट्रवादी चस्मा फुकाल्ने,
र रूप, रङ, जात, धर्म र थरभन्दा माथि उठेर एकअर्कालाई स्वीकार गर्ने । 



यो आगो कसैले बाहिरबाट ल्याएको होइन ? हामी आफैंले सल्काएका हौं । नक्कली राष्ट्रवादी चस्माबाट हेर्दा सबै कुरा धमिलो देखिन्छ । र, त्यसै धमिलोपनमा हामी एकअर्कालाई दुस्मन ठान्छौँ । साँचो राष्ट्रवाद : माया, सहिष्णुता र आत्मसम्मान, राष्ट्रवादको मापन नारा, झण्डा वा चर्को स्वरले हुँदैन । यो त आत्मपहिचान र सह–अस्तित्वको चेतनामा निहित हुन्छ । साँचो राष्ट्रवाद तब जन्मिन्छ- जब हामी फरक अनुहार, फरक भाषा, धर्म, संस्कार र संस्कृति भएका सबैमा साझा आत्मा र आत्मीयता देख्न सक्छौँ ।

देशभक्तिको नाममा घृणा फैलाउनु सजिलो छ । तर, माया बाँड्नु कठिन तर यही कठिन बाटो नै साँचो राष्ट्रवादको बाटो हो । भ्रमको आगो निभाउने हाम्रो जिम्मेवारी
नेपाललाई अहिले आत्मनिरीक्षणको जरुरत छ । हामी कुन बाटोमा हिँड्दैछौँ ? राष्ट्रको नाममा विभाजन, देशभक्तिको नाममा घृणा र पहिचानको नाममा भ्रम फैलाउँदै,शासकीय व्यवस्था को लागि,राज्यधर्मक‍ो लागि । के हामी साँच्चै देशलाई बलियो बनाइरहेका छौँ ? अब समय आएको छ, नक्कली राष्ट्रवादी चस्मा फुकाल्ने र रूप, रङ, जात, धर्म र थरभन्दा माथि उठेर एकअर्कालाई स्वीकार गर्ने ।  “देशभक्तिको सार नारा होइन- सम्बन्ध हो ।” र यही सम्बन्ध जोगाउने जिम्मेवारी केवल राजनीतिक दलको होइन, हाम्रो प्रत्येक नागरिक, बुद्धिजीवी, राष्ट्रसेवक कर्मचारी र सचेत समाजको पनि हो । भ्रमको यो आगो निभाउने हात पनि हाम्रो नै हो, किनभने नेपाल अझै पनि एउटै घर हो, जहाँ विविधता नै हाम्रो सुन्दरता हो ।

  • प्रकाशित मिति : १० कात्तिक, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया