युएईको अग्रणी र विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था लुलु एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि यस वर्षको पर्वमा रोमाञ्चक अफर घोषणा गरेको छ ।
युएईमा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा १ किलो Comtech सुन, दुई मेगा पुरस्कार - Dongfeng Shine कार र Dongfeng Mage कार र Lionel Messi ले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी जित्न सक्नेछन् ।
अफर अवधि भित्र नेपालमा पठाइएका प्रत्येक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लकिड्रमा सहभागी हुनेछन् । यो अफर २०२५ नोभेम्बर २२ सम्म मान्य रहनेछ ।
विश्वास, पारदर्शिता र प्रविधिमा आधारित सेवाका साथ, लुलु एक्सचेन्जले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ, जसले पैसा पठाउने अनुभवलाई सजिलो, अर्थपूर्ण र फलदायी बनाउँछ । लुलु एक्सचेन्ज युएईमा बसोबास गर्दै आएका नेपालीहरुमा लोकप्रिय बनेको छ ।
ग्राहकहरूलाई यो सुनौलो अवसर गुमाउन नदिन आग्रह गरिएको छ । नजिकको लुलु एक्सचेन्ज शाखा वा डिजिटल प्लेटफर्ममार्फत आजै पैसा पठाउनुहोस् र भाग लिनुहोस् यो बम्पर पर्वको अफरमा ।
मुख्य विशेषताहरू :
युएईस्थित लुलु एक्सचेन्ज विश्वव्यापी रूपमा विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था हो, जसले पैसा पठाउने (Remittance), मुद्रा विनिमय (Currency Exchange) र भुक्तानी समाधान (Payment Solutions) जस्ता सेवा आफ्ना शाखा सञ्जाल र अत्याधुनिक डिजिटल प्लेटफर्ममार्फत प्रदान गर्दै आएको छ ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।