नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेको बेला आरोप–प्रत्यारोप नगरेर सत्य र न्यायको वकालत गर्न आग्रह गरेका छन् । उनले कांग्रेस महामन्त्री गगन थापाले गरेको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै अपराध र हिंसामा संलग्न सबैलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताए ।
गगन थापाले केही दिनअघि एक अन्तर्वार्तामा आफूले आफ्नो घर एमालेका कार्यकर्ता र अध्यक्ष केपी ओलीसँग समेत पहुँच भएकाले लुटपाट र आगजनी भएको दाबी गरेका थिए । उक्त अभिव्यक्तिपछि महासचिव पोखरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत समाजमा फैलिएका आरोप–प्रत्यारोपबाट टाढा भई सत्य र न्यायको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् । राष्ट्र द्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्- सबैलाई कडा कारबाही गरौँ । देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।