काठमाडौं– आठ दिने युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । सम्बोधनमा उनले युरोप भ्रमण र अहिले विधेयकमाथि उठेका प्रश्नबारे संसदलाई जानकारी दिँदै छन् । विदेशबाट फर्किएपछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने परम्परा पनि छ ।
सम्बोधनबाट नै प्रधानमन्त्री ओलीले गुठी विधेयक फिर्ता लिनसक्ने सम्भावना पनि रहेको प्रधानमन्त्री निकट स्रोतले जनायो । सरकारले पेश गरेको गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सोमबार प्रधानमन्त्री ओलीले नेकपाबाट विजयी काठमाडौं उपत्यकाका संघीय सांसद, प्रदेश सांसद र महानगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षलाई डाकेर सुझाव लिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।