१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

माओवादी केन्द्र र एकीकृत समाजवादी एकतामा हतार नगरौँ : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) बीचको पार्टी एकता प्रक्रिया समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठन अभियानको प्रस्थानविन्दु बन्नुपर्ने बताएका छन्।


बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले एकता प्रक्रियामा हतार नगरी धैर्यतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन् । श्रेष्ठले भनेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक–सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनर्गठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो ।’



उनका अनुसार एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरेअनुसारको रूपान्तरण र पुनर्गठनसहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ ।

‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी एकता प्रक्रियालाई पनि यही कोणबाट हेरिनुपर्छ,’ श्रेष्ठले भनेका छन्, ‘यो एकता प्रक्रियाले समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थानविन्दुको भूमिका खेल्नुपर्छ र सम्बन्धित पार्टीहरू विभाजित भएर होइन, समष्टिरूपमै एकता प्रक्रियामा सामेल हुनुपर्छ ।’



उनले हतार गरेर अघि बढ्दा न त समग्र एकता सम्भव हुने, न सार्थक पुनर्गठनको स्थिति बन्ने भन्दै सबैलाई धैर्यपूर्वक र सावधानीपूर्वक प्रयत्न गर्न आह्वान गरेका छन् । 



  • प्रकाशित मिति : १२ कात्तिक, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया