अहिले देशभरि नै साधारणयता बदलीको अवस्था रही उच्च हिमाली भूभागमा हिमपात भइरहेको छ । यसको कारण भारतको आन्ध्र प्रदेश हुँदै आएको ‘मन्था’ नामक आँधीको प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् । यसको प्रभाव शनिबारसम्म नेपालभर देखिने मौसम पूर्वानुमान छ ।
बंगालको खाडीमा बनेको मन्था आँधी जमिनमा कमजोर भए पनि त्यसको असर नेपालसम्म पुग्ने सङ्केत देखिएको हो । मन्था आँधीको कारण आगामी केही दिन नेपालभर वर्षा र बादलयुक्त मौसम रहने सम्भावना छ ।
बंगालको खाडीबाट आन्ध्र प्रदेशको तटीय क्षेत्रमा हिजो बेलुकादेखि नै प्रवेश गरिसकेको मन्था नाम गरेको आँधी पश्चिमतिर आइरहेको अवस्था छ । बिस्तारै अब उत्तरतिर सर्ने क्रममा हाम्रो नेपालतिर पनि त्यसको बादलहरू बेलुकाबाट देखिन सक्ने देखिन्छ । त्यस कारणले भोलि–पर्सि या शनिबारसम्म नेपालभरको मौसम बढी प्रभावित हुने देखिएको हो ।
मन्था आँधीको प्रभावले आगामी केही दिन विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ । उनका अनुसार कोशीदेखि लुम्बिनीसम्मका धेरै क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।
विशेष गरेर कोशी, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भूभागहरूमा बदली हुने, धेरै स्थानमा वर्षा हुने, कतिपय स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ । उच्च हिमाली भूभागमा हिमपात पनि हुन सक्ने देखिएको छ ।
विशेष गरी मधेस प्रदेशमा भारी वर्षा हुन सक्ने देखिन्छ । कोशी प्रदेशको पहाडी भूभागमा पनि भारी वर्षा र धेरै ठाउँमा मध्यम वर्षा पनि हुन सक्नेछ । धेरै स्थानहरूमा हिमपातको सम्भावना पनि छ ।
कोशी, बागमती प्रदेशको उच्च हिमाली भूभागहरू, त्यस्तै गण्डकी प्रदेशको उच्च हिमाली भूभागहरूमा केही स्थानमा भारी हिमपात छ भने, केही स्थानमा मध्यम हिमपात हुने देखिएको हो ।
विशेष गरी कोशी, मधेस र बागमती प्रदेशमा सावधानी अपनाउन आवश्यक छ । समग्रमा शनिबार बिहान वा दिउँसोबाट मौसममा सुधार हुने देखिए पनि शनिबारसम्म मौसम प्रभावित हुने देखिएको छ ।
हिमाली क्षेत्रमा हिमपात भएको कारणले चिसो हावाको महसुस हुनुका साथै पछिल्ला चक्रवातका कारण मौसम बदली रही तापक्रम पनि घटेको छ । चिसो कुरा गर्दाखेरि मनसुनपछिको समयमा बिस्तारै दिउँसोको दिन छोटो हुँदै जाने रात लामा हुँदै जाने हुन्छ ।
समग्रमा शनिबार बिहान वा दिउँसोबाट मौसममा सुधार हुने देखिए पनि शनिबारसम्म मौसम प्रभावित हुने देखिएको छ
चक्रवातको कारणले बदली भयो तापक्रम दिउँसोको बढ्न पाएको छैन बीचमा पानी पनि परेको छ। कतिपय हिमाली क्षेत्रमा हिमपात पनि भएको कारणले गर्दाखेरि केही चिसो हावाको पनि महसुस भएको छ ।
बिहीबार मनाङ–मुस्ताङमा हिमपात हुन सक्ने सम्भावना रहेको हुँदा बिहीबारको हकमा सावधानी अपनाउनु पर्ने देखिन्छ । गण्डकी प्रदेश, बागमती, कोशी प्रदेशको खुम्बु क्षेत्र, गोक्यो क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम पूर्वानुमानमा देखिएको छ । यस्तो बेलामा पदयात्रामा गएका यात्रुहरू सुरक्षित भएर बस्नुपर्ने हुन्छ ।
बिहीबार मौसम धुम्म भई शुक्रबार झरी पर्ने अवस्था पनि छ । काठमाडौं लगायत मधेस र कोशी प्रदेशमा झरी र हिमाली भेगमा हिमपात हुनसक्ने पनि देखिएको छ । आइतबारदेखि मौसम सफा हुने हुँदा त्यस अघि किसानहरूले धान नकाट्दा राम्रो हुन्छ ।
वरिष्ठ मौसमविद् पौडेलसँग मनीषा बस्नेतले गरेको कुराकानीमा आधारित
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।