प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेसले गर्यो रोष्ट्रम घेराउ

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न खोज्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध पुर्याएको छ । कांग्रेसले आफ्ना प्रमुख सचेतक पहिले बोल्न पाउनु पर्ने भन्दै रोष्ट्रम घेराउ गरेको हो । 

कांग्रेसले बैठकमा अवराेध गरेपछि सम्बाेधनका लागि अगाडि पुगिसकेका प्रधानमन्त्री ओली फर्किएका छन् । 

बैठक सुरु भएलगत्तै काङ्ग्रेस सांसद्हरुले उठेर अवराेध जनाएका थिए । तर, सभामुखले उनीहरुलाई बेवास्ता गर्दै प्रधानमन्त्री ओलीलाई बाेल्न समय दिए । 

सभामुखले काङ्ग्रेसकाे अवराेधका कारण अहिलेलाई प्रतिनिधि सभा बैठक स्थगन गरेका छन् ।





  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १२:१९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया