अनेरास्ववियुका दर्जन नेता–कार्यकर्ता गिरफ्तार

काठमाडौं– प्रहरीले अनेरास्ववियुका एक दर्जन नेताकार्यकर्तालाई गिरफ्तार गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौँ वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रममा विरोध प्रदर्शन गरेको आरोपमा उनीहरू गिरफ्तारीमा परेका हुन् ।  

विश्वविद्यालयको कार्यक्रममा निजी कलेजको प्रायोजनमा छापिएको टिसर्ट वितरण गरिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । प्रहरीले विद्यार्थी नेताहरु अमरराज शाही, धुपेन्द्र शाही, तिर्सना हमाल, नवीन योगी, गणेश शाही राजन केसी, महेन्द्रकुमार थापा, ममता अधिकारी, सरोज न्यौपाने वसन्त बस्नेत, न्युटन वलीलगायतलाई नियन्त्रणमा लिएको छ । 

अन्रास्ववियुले सो गिरफ्तारीको विरोध गरेको छ । विश्वविद्यालय प्रशासनले विद्यार्थीहरुले उठाएका माग सम्बोधन गर्नुको साटो उल्टै धरपकड र गिरफ्तार गरेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो । गिरफ्तार गरिएका विद्यार्थी नेतालाई अविलम्ब रिहाइको माग गर्दै उत्पन्न समस्या तत्काल समाधान गर्न अनेरास्ववियुले सरकारलाई आग्रह गरेको छ । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले अमुक कलेजको स्वार्थमा विश्वविद्यालय फस्न खोजेको आशंका व्यक्त गरेका छन् । विश्वविद्यालयको कार्यक्रममा निजी कलेजको प्रायोजनमा छापिएका टिसर्ट वितरण गर्नु सर्वथा गलत भएको सो संगठनको निष्कर्ष छ । 





  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १४:३३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया