अमेरिकाले अर्को सातादेखि लाखौँ आप्रवासीलाई देश निकाला गर्ने

एजेन्सी– अमेरिकामा बसोवास गरिरहेका आप्रवासी समस्यामा पर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि गैरकानुनी रूपमा अमेरिकामा रहेका लाखौँ आप्रवासीलाई देश निकाला गरिने बताएका छन् ।

मंगलबार बिहान ट्विट गर्दै राष्ट्रपति ट्रम्पले सो जानकारी गराएका हुन् । ट्रम्पका अनुसार अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीका अधिकारीहरूले अर्को सातादेखि आप्रवासी हटाउन थाल्नेछन् ।

गैरकानुनी आप्रवासी रोक्न छिमेकी मेक्सिकोले गरिरहेको कडाइको तारिफ गर्दै उनले ‘जतिसक्दो चाँडो उनीहरूलाई हटाइने’ उल्लेख गरेका छन् । 

मेक्सििकोले आप्रवासी रोक्न नसकेको भन्दै ट्रम्पले मेक्सििको सीमामा पर्खाल लगाउने प्रयास गरेका थिए । दुई देशबीच एक महिनाअघि भएको वार्तामा मेक्सिकोले मध्यअमेरिका हुँदै अमेरिका छिर्न खोज्ने गैरकानुनी आप्रवासीलाई रोक्ने सहमति गरेको थियो । 

मेक्सिकोले आप्रवासी रोक्न विशेष सुरक्षाकर्मी सीमामा पठाउने प्रतिवद्धता जनाएपछि ट्रम्पले मेक्सिकन सामानमाथि लगाउने भनेको कर तत्कालका लागि स्थगित गरेका छन् ।

अमेरिकामा अहिले झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेका छन् । 





  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १६:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया