प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन : राजावादी र विखण्डनवादीका गतिविधि निगरानीमा राख्नू

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजावादी र विखण्डनवादीका गतिविधि निगरानीमा राख्न निर्देशन दिएका छन् । प्रदेश प्रहरी प्रमुखको खटिन लागेका सात डिआइजीलाई मंगलबार निर्देशन दिँदै उनले जनतालाई प्रभावकारी सेवा प्रवाह हुने गरी काम गर्न भनेका छन् ।
 
आफूलाई कर्मचारी मात्र नठानी  जिम्मेवार नागरिक पनि हुँ भन्ने गरी काम गर्न निर्देशन दिँदै उनले भने, ‘प्रदेशअनुसार फरक–फरक समस्या र विशिष्टता छन् । सोहीअनुसार रणनीति बनाएर काम गर्नुपर्ने अवस्था छ ।’ 
 
कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोको खबर आउने गरेकाले त्यसमा सचेत हुन आग्रह गर्दै उनले तस्करीका नयाँ रुट खुलेको सुनिएको बताए ।  

उनले राजावादी र विखण्डनवादिका गतिविधि निगरानीमा राख्न र विप्लव समूहका गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्न निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । 
 
गृह मन्त्रालयले गत शुक्रबार सातै प्रदेशका प्रहरी प्रमुख हेरफेर गरेको थियो ।





  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १७:१९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया