हुम्ला जिप दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं– हुम्लाको खार्पुनाथ गाउँपालिका—५ कैलेबालुको सडकबाट जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार सबै यात्रु बेपत्ता भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । 

सभापति देउवाले बेपत्ताहरुको तत्काल खोजी र उद्धारको कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् । 

पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन देउवाले सरकारको ध्यान आकृष्ट गराएका छन् । 
 





  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १७:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया