न्यूजिल्याण्डका स्टार क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट औपचारिकरूपमा संन्यास लिएका छन् ।
संन्यासको घोषणा गर्दै उनले भनेका छन्, ‘मलाई लाग्छ यो सही समय हो । अब नयाँ प्रतिभालाई अवसर दिने बेला आएको छ । म मिचेल सान्टनरको कप्तानीमा टोलीको सफलताको शुभकामना दिँदै टाढाबाट समर्थन गर्नेछु ।’
३५ वर्षीय विलियमसनले टी–२० अन्तर्राष्ट्रिय करियरमा ९३ म्याच खेले, जहाँ उनले १८ अर्धशतकको मद्दतमा २ हजार ५ सय ७५ रन बनाए ।

विलियमसन न्यूजिल्याण्डका लागि टी–२०आईमा सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा छन् ।
कप्तानको रूपमा उनले ७५ खेलमा न्यूजिल्याण्डको नेतृत्व गरे ।
उनको कप्तानीमा न्यूजिल्याण्डले दुईपटक टी–२० विश्वकप सेमिफाइनल तथा एकपटक फाइनल खेलेको थियो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भए पनि विलियमसनले फ्रेन्चाइज लिग भने खेल्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।