एनआईसी एशिया बैंक र बीमा संस्थानबीच बैंकासुरेन्स सम्झौता

कठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले मंगलबार हस्ताक्षर गरेका हुन् । 

एनआईसी एशिया बैंक २ सय ८४ शाखा, २९४ एटिएम, ४६ एक्सटेन्सन काउण्टर एवं ३२ शाखा रहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ । 
 





  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १९:१८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया